Logo

संघीयता समाप्त हुने अवस्था देखिएकोले आ’न्दोलनमा जानुपरेको हो : गिरिराजमणि पोखरेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आ’न्दोलनमा जानुपरेको बताएका छन्।

सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन आएका उनले आज  प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज यहाँ कार्यक्रम गर्न लागेको छ। संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो।

‘प्रतिनिधि सभा विघटनबाट मुलुकमा अस्थिरता र संघीयता समाप्त हुने अवस्था देखिएकोले आ’न्दोलनमा जानुपरेको हो’ उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र वि’वाद छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्