Logo

संसद वि’घटन मु’द्दामा राय दिन छानिएका पाँच ‘एमिकस क्यूरीहरु ‘


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद वि’घटनविरू’द्धका रिटमा अन्तरिम आदेश दिने कि नदिने टुंगोमा पुग्न संवैधानिक इजलासलाई सघाउन नेपाल बार एशोसियसन र सर्वोच्च बार इकाइले पाँच जना एमिकस क्यूरी पठाएका छन्।

नेपाल बार एशोसियसनले बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल र विजयकान्त मैनालीलाई र सर्वोच्च बारले बरिष्ठ अधिवक्ता खगेन्द्र अधिकारी र पूर्णमान शाक्यलाई एमिकस क्युरी बनाएर पठाउने भएको छ।

बार महासचिव लीलामणि पौडेलका अनुसार बिहीबार एमिकस क्यूरी तोक्ने निर्णय भए पनि शुक्रबार सर्वोच्चलाई लेखी पठाइएको छ। ‘हाम्रो कार्यसमितिमा धेरैको नामबारे छलफल भयो अनि उहाँहरूको नाम छानियो। उहाँहरू सबै हिसाबले राम्रो भएकाले पठाएका हौं,’ उनले भने।

बरिष्ठ अधिवक्ता कार्की पूर्वमहान्यायाधीवक्ता हुन्। धेरैजसो संवैधानिक मुद्दाहरूमा उनले बहस गर्ने गर्छन्। सतिसकृष्ण खरेल नेपाल बारका पूर्वअध्यक्ष हुन् भने विजयकान्त मैनाली बारका पूर्वमहासचिव हुन्। सर्वोच्च बारले छानेका बरिष्ठ अधिवक्ता अधिकारी सर्वोच्च बारकै अध्यक्ष हुन्। शाक्य पनि सर्वोच्च बारका नवनिर्वाचित अध्यक्ष हुन्।

शाक्य भने संवैधानिक कानुनका ज्ञाता मानिन्छन्। पुस पाँचमा भएको संसद वि’घटन विरूद्ध १३ वटा रिट माथि पहिलो सुनुवाइ गर्दै अघिल्लो हप्ता संवैधानिक इजलासले बार र सर्वोच्च बारबाट एमिकस क्यूरी झिकाउने आदेश गरेको थियो।

यो आदेशसँगै संसद वि’घटन सिफारिस, सिफारिसको सदर, संसदमा दर्ता गरिएको अ’विश्वासको प्रस्ताव र वि’घटनको निर्णय हुनु अघि संसदमा बहाल रहेका सांसदको नामसहितको पठाउन सर्वोच्च अदालतले आदेश गरेको थियो। त्यसका लागि इजलासले आजसम्मको म्याद दिएको थियो। संसद विघटनसम्बन्धी मु’द्दामा यही २२ गतेदेखि निरन्तर सुनुवाइ हुँदै छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्