Logo

अफगान सरकार र प्रमुख तालिबा’न समूहबीच कतारमा पुनः वार्ता सुरु


अफगानिस्तानमा राजनीतिकप्रेरित ह’त्या र हिं’साका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख वि’द्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता सुरु भएको छ । महिनौँदेखि वार्ताको क्रम जारी रहे पनि त्यसबाट झिनो सफलता हात लागेको छ । तर, दुवै पक्षबीच गत वर्षका वार्ताहरुमा आगामी वार्ताका लागि एजेन्डामा सहमति भएको छ, जसलाई सुखद् मानिएको छ ।

अफगान सरकारका वार्ताकारहरुले स्थायी यु’द्धविराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेषरुपमा जोड दिनेछन् । तालिबानी समूहले भने सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आ’क्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् । एकजना अफगान सरकारी वार्ताकार गुलाम फारुख मजरोहले एएफपीसँग भने, ‘‘वार्ता धेरै जटिल र समय लाग्ने किसिमको हुने निश्चित छ । तर, हामी जतिसक्दो चाँडो सकारात्मक नतिजा प्राप्त हुनेमा आशावादी छौँ । किनभने, मानिसहरु यस र’क्तपातपूर्ण यु’द्धबाट थकित भइसकेका छन् ।’

तर, तालिबान समूहले भने कुनै टिप्पणी गर्न चाहेन ।  महिनौँदेखिको ढिलाइपश्चात् संघर्षरत् पक्षहरुबीच पहिलो प्रत्यक्ष वार्ता सन् २०२० को सेप्टेम्बर महिनामा सुरु भएको थियो । तर, छलफलको आधारभूत ढाँचा र धार्मिक व्याख्याको वि’वादले वार्तामा गतिरोध उत्पन्न भएको थियो ।

अमेरिकी घनीभूत कुटनीतिक प्रयत्नपश्चात् दुवै पक्षबीच वार्तामा बस्न पुनः सहमति जुटेको थियो । गत वर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मेभित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता सुरु भएदेखि पनि देशभित्र हिं’सात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारीहरु, अधिकारवादीहरु र पत्रकारहरु लक्षित आ’क्रमणहरु भइरहेका छन् ।

काबुल प्रान्तका डेपुटी गभर्नर, पाँचजना पत्रकार र एकजना चुनाव अधिकारवादीको काबुल र अन्य स्थानमा भएका ह’मलामा ज्या’न गइसकेको छ । अफगान अधिकारीहरुले यी आक्रमणमा तालिबानीको संलग्नता रहेको दाबी गरिरहेका छन् । तर, अधिकांश यी आ’क्रमणको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिई आएको छ ।

‘‘तालिबानले जनतालाई विभाजित गर्ने र सरकारको सुरक्षा संस्थाहरुमाथि योजनाबद्धरुपमा जनतामा नै’राश्यता उत्पन्न गर्ने कोसिस गरिरहेको छ,’’  राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार जाभिद फैजलले बताए, ‘‘तर, यी ह’त्याले मानिसलाई अझ बढी एकताबद्ध गराइरहेको छ ।’’

अफगानिस्तान अनुसन्धान तथा मूल्यांकन इकाईका उपनिर्देशक निशंक मोतवानीको भनाइमा तालिबानले औपचारिकरुपमा राजनीतिक ह’त्याको जिम्मेवारी लिने गरेको छैन । मोतवानीले ‘‘तालिबानीहरु आफ्नो बलियो उपस्थिति दर्शाउन कुनै कसर बाँकी राख्दैनन्’’ भने ।

तालिबानले सन् २०२० मा देशभर १८ हजारभन्दा बढी आ’क्रमण गरेको अफगानिस्तानका गु’प्तचर निकाय प्रमुख अहमद जिया सिराजले बताए । गत वर्षको पहिलो नौ महिनामा दुई हजार १७७ जनाको ह’त्या भएको र तीन हजार ८२२ जना घा’इते भएका थिए ।

अफगान सर्वसाधारणले राम्रो सुरक्षाको आशा गरिरहेका छन् । तर, वार्ताबेगर तत्काल सुधार हुने अपेक्षा गर्न सकिन्न ।‘‘काबुलमा कुनै सुरक्षा नै छैन । हामीले हाम्रा प्रियजन कतिञ्जेल गुमाउँदै जानुपर्ने हो ?’’ काबुल निवासी जमसिद मोहम्मदले बताए । रासस/एएफपी

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्