निर्वाचनमा जाने सरकारको निर्णय उचित छ ,निर्वाचन पछि पुनः नेकपाकै सरकार बन्छ: गृहमन्त्री बादल
नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिगामी ष’ड्यन्त्रका कारण देश विषम परिस्थितीमा आइपुगेको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली पक्षले काठमाडौंको आज आयोजित जिल्ला कमिटी भेलालाई संबोधन गर्दै नेताहरुको ग’लत विचार र रणनीतिका कारण देश विषम परिस्थितीमा आइपुगेको बताएका हुन् ।
प्रतिगमनकारी शक्तिहरुले नेकपालाई फुटाएको भन्दै बादलले प्रतिगमनकारी शक्ति अहिले उत्साही भएको बताए । प्रतिगमनकारी शक्ति आफ्नो दिन फर्किने अपेक्षासहित सडकमा रमाइरहेको देखिन थालेका उनले बताए । निर्वाचनमा जाने सरकारको निर्णय उचित भएको भन्दै उनले निर्वाचन पछि पुनः नेकपाको सरकार बन्ने बताए । प्रतिक्रान्तिलाई जनताले मात्रै रोक्न सक्नेभन्दै बादल निर्वाचनमा जान लागेको बताए ।
पुरानो संसदको औचित्य सकिएको भन्दै उनले नयाँ संसदले मात्रै अहिलेको समस्याको समाधान खोज्ने जिकिर गरे । अवसरबादी शक्तिलाई जानताले निर्वाचनमा पराजित गर्ने उनको भनाइ छ । पछिल्लो समय राजनीतिक बहस नभएर पदका लागि बहस भएको भन्दै यसले पार्टी फुटको अवास्थामा पुगेको बादलको भनाइ छ । प्रधानमन्त्रीलाई हटाउन आरोपपत्र खडा गरेको उनले बताए ।
कमरेडका रुपमाभन्दा पनि केपी शर्मा ओलीलाई अपराधीका रुपमा करार गर्न आरोप पत्र खडा गरेर कारबाही गर्न खोजिएको बताए । पार्टी अध्यक्षलाई हटाउने कदम जायज नभएको भन्दै आरोपपत्र फिर्ता दिन आग्रह गरे पनि वेवास्था गरेकै कारण फुटको अवस्थामा पुगेको उनको जिकिर छ ।
प्रधानमन्त्री पनि व्यक्ति भएकाले कमीकमजोरी भए पनि अहिलेका लागि उहाँलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन खोज्नु नै गलत भएको उनले बताए । संसदमा अविश्वासको प्रस्ताव ल्याउन खोजिएको भन्दै यसलाई उनले राजनीतिक कू को संज्ञा दिए । त्यसैले संसद विघटनको निर्णय गर्नु ठूलो राजनीतिक निर्णय भन्दै यसलाई बादलले अग्रगामी कदम भएको बताए । अदालतले सरकारको अपक्षमा निर्णय गर्ने उनको विश्वास छ ।