Logo

ओली समूहको काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेला हुँदै


केपी शर्मा ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्ने भएको छ। नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार दिउँसो  नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्