Logo

ओलीले निर्वाचन रोज्नुको कारण पार्टी एकता हो : शंकर पोखरेल


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीले पार्टी एकताको रक्षाको प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने घोषणा गरेको बताएका छन्। शुक्रबार दाङको तुलसीपुरमा आयोजित ओली समूहको जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका नेकपा इञ्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले ४० प्रतिशत भए पार्टी फुटाउन पाइने प्रावधान रहेको हुँदा पार्टी रक्षाको लागि प्रधानमन्त्री ओलीले चुनावमा जाने निर्णय गरेको तर्क गरे।

‘अब कसैको ४० प्रतिशत पुग्दैन र पार्टी फुटाउने तागत कसैसँग छैन,’ उनले भने। उनले प्रथम अध्यक्षका विरूद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तयार गरेको अभियोगपत्र नै अहिलेको सं’कटको मुख्य कारण भएको बताए। जसका केपी ओलीलाई कम्युनिष्ट समेत होइन, गणतन्त्रवादी होइन भन्ने जस्ता लान्छना लगाइएको उनले बताए।

त्यस्तै, मुख्यमन्त्री पोखरेलले प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने कुरा कसरी तानाशाही कदम हुन सक्छ भन्दै प्रश्न समेत गरे। यसैगरी, उनले ओलीजस्तो लोकतान्त्रिक र उदारवादी नेता अरू कोही नभएको जिकिर पनि गरे।

मुख्यमन्त्री पोखरेलले हालसम्म राजा महेन्द्रले गरेको विकास नै नेपालमा चर्चा हुने गरेको भन्दै त्यसको भन्दा चार गुणा बढी विकास केपी ओलीले गरेको उनले दाबी गरे।महेन्द्र राजाले एउटा मात्रै राजमार्ग बनाएको र अहिले प्रधानमन्त्री ओलीले चार वटा त्यस्ता राजमार्ग निर्माण गरेको उनले दाबी गरे।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्