Logo

ब’ला’त्कारका घ’टनाका दो’षीलाई मा’फी, स’जाय मिना’हा हुँदैन : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले भ’यरहित, समतामूलक, समृद्धियुक्त जीवन ल्याउन चाहेको बताए । बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालको राष्ट्रिय आकाङ्क्षा पूर्ति गर्न सरकार लागि परेको बताए ।

कोरोना खोप कहिले आउँछ भन्ने बालबालिकाको प्रश्नमा प्रधानमन्त्री सरकार यसका लागि लागिपरेको बताए । उनले आजैमात्र पनि यसविषयमा छलफल भएको र सरकारले निजी क्षेत्रलाई पनि सहभागी गराएर सबै नागरिकका लागि खोप सुनिश्चित गर्न लागिएको बताए ।

उनले पहिलो चरणमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूलाई लगाइने र पछि सबै नागरिकको पहुँचमा खोप पुर्‍याइने बताए । उनले सरकारले स्वतन्त्रताभन्दा जीवन अगाडि राखेर, जीवनको मूल्य अगाडि राखेर काम गरिरहेको पनि बताए ।

“बालबालिका हाम्रा भविष्य हुन्, रक्षा, सुरक्षा पहिलो कर्तव्य हो । कसैले मास्क नलगाउँदा, नजिकै बस्दा लिबर्टी, होला,” उनले भने, “लिबर्टी आवेगयुक्त लिवर्टीका कुरा वा’ञ्छनीय हुँदैन ।”

उनले एक फरक प्रसंगमा ब’ला’त्कारका घटना न्यूनीकरण गर्न सरकार लागि परेको बताए । बला’त्कारका घटनामा सामाजिक मिलापत्रमा बलजफ्ती सहभागी गराइए, पी’डक, पी’डितका आफन्तजनहरू भए पनि सरकार कठोर बन्ने बताए ।उनले बला’त्कारका घटनामा सरकार निर्म’म हुने पनि बताए ।

ब’ला’त्कारका घटनाका दोषीहरूलाई कुनै माफी, स’जाय मिनाहा पनि नहुने बताए । सहरबजारमा महिला एक्लै, दुक्लै हिँड्नेगरी पेट्रोलिङको प्रबन्ध गरिने, कानुन पनि बलियो बनाउनेगरी सुरक्षाको प्रबन्ध पनि गराइने जानकारी दिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्