Logo

देशलाई स्थायित्व ल्याउनको निम्ति र कम्युनिस्ट आ’न्दोनलाई एकताबद्ध गर्नको निम्ति संसद् विघ’टन अपरिहार्य थियो : गृहमन्त्री बादल


गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद् विघ’टन गरेको जिकिर गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेतासमेत रहेका थापाले शुक्रबार नेकपानिकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद् विघ’टन गरेको बताएका हुन् ।

सरकारले संसद् वि’घटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर सकरारले अग्रगामी कदम चालेको उनको भनाइ छ ।

‘‘ठूलो कदम सरकारले लियो, मध्यावधि निर्वाचनमा जाने । संसद्लाई विघ’टन गर्ने । यो संवैधानिक हो कि असंवैधानिक हो, यो प्रतिगमनकारी कदम हो कि अग्रगामी कदम हो भन्ने ठूलो बहस छ । हाम्रो नजरमा यो कदम अग्रगामी कदम हो ।

यो ठूलो राजनीतिक कदम हो । देशलाई फेरि स्थायित्व ल्याउनको निम्ति र फेरि कम्युनिस्ट आ’न्दोलनलाई एकताबद्ध गर्नको निम्ति यो अपरिहार्य थियो ।’’ संसद् विघ’टन भएसँगै पार्टीभित्रको एउटा पक्ष संसद् पुनःस्थापनाको माग गर्दै पार्टीबाट अलग भएको समेत उनले बताए ।

तर, पहिलाको संसद्ले स्थायित्व ल्याउन सक्छ या नयाँ संसदले मात्रै स्थायित्व ल्याउन सक्छ भन्ने कुरामा पार्टीलाई एक ढिक्का गरेर जवाफ दिनुपर्ने उनको धारणा छ । देशमा स्थिरता नचाहने पक्षले संसद् पुनःस्थापनाको माग गर्दै आ’न्दोलन गरिरहेको उनले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्