Logo

पार्टी विभाजन सिद्धान्त, दर्शनका आधारमा छैन : दीनानाथ शर्मा


नेकपाका नेता दीनानाथ शर्माले वामदेव गौतमलाई पार्टी विभाजनबाट जोगाउन आग्रह गरेका छन् । राष्ट्रियसभामा पहिलोपटक बैठकमा सहभागी गौतमलाई उनले पार्टी विभाजन रोक्ने रसायन छ भने सफलता मिलोस् भन्दै शुभकामना पनि दिए । गौतम राष्ट्रियसभाको बैठकमा आज पहिलोपटक उपस्थित भएका छन् ।

उनले पार्टी विभाजनलाई नरुचाएको भन्दै शर्माले पार्टीलाई विभाजनबाट जोगाउनका लागि आग्रह पनि गरे । भावुक सम्बोधन गरेका शर्माले पार्टी विभाजनको संघारमा पुग्दा आफ्नो मुटु चिरिएको बताए । “पार्टी विभाजनको घोषणा नभए पनि विभाजनको संघारमा छ ।

प्रतिनिधिसभा छैन, विघटन भएको छ,” उनले भने, “पार्टी एकताबाट जनता खुसी थिए । त्यसको अभिव्यक्ति जनताले निर्वाचनमा गरेका थिए । पार्टी विभाजनको संघारमा पुग्दा मुटु चिरिएको अनुभूति गरेको छु ।” उनले कसैले पनि यतिबेला नेकपाको एकता टुटोस् भनेर नचाहेको पनि बताए ।

पार्टी विभाजन यसअघि हुँदा आफूलाई अहिलेजस्तो दु:’ख नलागेको पनि उनले सुनाए । “विगतको फुटमा यतिको दु:’ख अनुभूति गरेको थिइनँ । यसले मलाई पी’डा भएको छ,” उनले भने । पार्टी विभाजन सिद्धान्त, दर्शनका आधारमा नभएको पनि उनले बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्