नेकपा विभाजनको असर प्रदेश २ मा पनि, मण्डलवि’रु’द्ध अ’विश्वासको प्रस्ताव दर्ता

नेकपा विभाजनको असर प्रदेश २ मा पनि परेको छ । प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरु’द्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले अ’विश्वासको प्रस्ताव दर्ता गरेको छ ।
प्रदेश संसदीय दलको विधान-२०७५ अनुसार २५ प्रतिशत सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउँछन् । प्रदेशसभा सदस्य शत्रुघ्न महतोका अनुसार बहुमत सदस्यहरूले नै अ’विश्वासको प्रस्ताव दर्ता गरेका छन् । प्रदेशसभामा नेकपाका ३२ सांसद छन् ।
अहिले अ’विश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय मात्र गरेको र आइतबार बैठक बसेर हटाउने महतोले बताए । प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ । पार्टी एकतापूर्व तत्कालीन संघीय समाजवादी पार्टीलाई नेकपाले समर्थन गरेको थियो ।