Logo

हामीले आदर गरेको ओली कमरेड बन्नुभएन, नि’रंकु’श शा’स’क बन्नुभयो : अष्टलक्ष्मी शाक्य


नेपाल कम्युनिस्ट पार्टीकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि धावा बोलेको बताएकी छन्। मंगलबार भृकुटीमण्डपमा भएको जनसभालाई सम्बोधन गर्दै नेता शाक्यले ओलीको पछिल्लो व्यवहारले प्रतिगम’नकारी देखिएको आ’रोप लगाइन्।

‘ओली अब कमरेड केपी ओली होइनन्, सर्वसत्तावादी, प्रतिगमनकारी ओली भए। उनलाई जनताले छाड्ने छैनन,’उनले भनिन्। शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली ता’नाशाह बनेको भन्दै उनको शासन छिट्टै ढल्नेसमेत बताइन्।

‘गणतन्त्रको प्रधानमन्त्री हामीले केपी ओलीलाई सुम्पेका थियौँ,’ उनले भनिन्, ‘अब स’मस्याको समाधान होला, लोकतन्त्र सुदृढ होला भन्ने लागेको थियो। समाजवादको लक्ष्यका लागि अघि बढ्छौं भनेर लागेको थियो तर फेरि एकपल्ट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोलियो।’

‘हामीले आदर गरेको ओली कमरेड बन्नुभएन, निरंकुश शासक बन्नुभयो। स्वेच्छाचारी, सामन्ती शासक बन्नुभयो। सर्वसत्तावादी शासक बन्नुभयो,’ उनले भनिन्, ‘कमरेड केपी ओली होइन, प्रतिगमनकारी ओलीका विरूद्ध सडकमा आएका हौँ। यसमा खुट्टा कमाउनुपर्ने छैन। एकजुट भएर संकल्पका साथ अघि बढ्छौं । जनताको अगाडि कस्ता कस्ता तानाशाह ढले भने केपी ओली ढल्नेछन् ।

यो शासन सत्ता टिक्नेवाला छैन।’ शाक्यले केपी ओली कमरेड बाँकी नरहेको आरोपसमेत लगाइन्। उनले ओली स्वेच्छाचारी, सर्वसत्तावादी र सामान्ती शासक बनेको बताइन् ।

‘कमरेड केपी ओली अब कमरेड रहनुभएन, उहाँले जनप्रतिनिधिमूलक संसद् सिध्याउनुयो, पार्टीलाई कमरेड भएर हाँक्न चाहनुभएन,’ शाक्यले भनिन्, ‘आज उहाँ कमरेडबाट सर्वसत्तावादी बन्नुभएको छ, सामान्ती शासक बन्नुभएको छ।’

उनले कम्युनिस्ट पार्टीका सिद्धान्त आदर्श सबै भुल्दा केपी ओली शासक मात्र बाँकी रहेको र आफ्नै पार्टी र नेताविरु’द्ध र जनअधिकारविरु’द्ध उभिएको बताइन् ।

उनले संसद् पुन:स्थापना हुने र संघीय लोकतान्त्रिक गणतन्त्र कसैले प्रभावित पर्न नसक्ने भन्दै अरु नि’रंकु’श शासकजस्तै ओली शासन पनि ढल्ने बताइन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्