Logo

वि’प्लव र वैद्य एकै ठाउँमा, सरकारवि’रु’द्ध रणनीतिक मोर्चा


संसद् वि’घटनपछि उत्पन्न राजनीतिक घटनाक्रमले पूर्वमाओवादी नेता मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई एकै मोर्चामा ल्याएको छ । वैद्य र विप्लव दुवैले संविधानको वि’रोध गर्दै आएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कदमविरुद्ध चार पार्टीले रणनीतिक संयुक्त मोर्चा गठन गरेका छन् ।

विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कम्युनिस्ट पार्टी नेपालले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

चारओटै पार्टीले संसद् विघटन वैदेशिक शक्तिको आढ र भरोसामा भएको निष्कर्ष निकालेका छन् । देश र जनताको स’मस्या संसद् पुनःस्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकामाथि संकट थोपर्दै आएको उनीहरुको ठहर छ । विप्लव नेतृत्वको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ भने उनी भूमिगत छन् । विप्लव, वैद्य नेतृत्वको पार्टीबाटै छुट्टिएर गएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्