Logo

निर्वाचनमा जाने कुरा ज’नम’तवि’रु’द्ध छैन, जित्ने सुनिश्चित न’भ’एका नेताले निर्वाचनको वि’रोध गरेको हो : महेश बस्नेत


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् वि’घटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरु’द्ध नभएको बताएका छन् ।

प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरु’द्ध हुन नसक्ने बताए ।

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको वि’रोध गरेको विचार राख्दै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गरे। पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन यहाँ आएका हुन्। रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्