Logo

नेपाली विशिष्टतामा माक्र्सवादको विकास आजको आवश्यकता होः अध्यक्ष किराती


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती ‘साइला’ ले बढ्दो सामाजिक अ’समानता र वि’भेदका वि’रुद्ध नेपाली विशिष्टता सहितको क्रान्तिको गर्न माक्र्सवादको विकासमा ध्यान दिनु आजका पुस्ताको जिम्मेवारी भएको र्आैल्याएका छन् ।

केहि समय अघी पार्टी एकता तथा ध्रुविकरणको प्रकृयामा आउने एक समूहसँगको भेटघाट तथा छलफल कार्यक्रमबीच अध्यक्ष किरातीले त्यस्तो बताएका हुन । उनले आजसम्मका क्रान्ति वा आ’न्दोलनलाई मुलुककको विशिष्टतासँग जोड्ने र माक्र्सवादको विकासको विषयमा ध्यान दिन नसकिएकाले पूर्ण हुन नसकेको तर्क समेत अघि सारे ।

अध्यक्ष किरातीले आफ्नो पार्टीले विभिन्न तीन सैद्धान्तीक आधारमा माक्र्सवादको विकास र नेपाली विशिष्टताको क्रान्तिको कुरा गरिरहेको बताए । आफ्नो पार्टीले नेपाली विशिष्टतामा माक्र्सवादको विकास कसरी सम्भव छ भन्ने विषयमा गमिभर अध्यन, अनुसन्धान गरिरहेको समेत बताए ।

उनले आफ्नो पार्टीमा प्रोडरीए ड्युरिकको ‘प्रकृतिर मानवजातिमाथि समाज विज्ञानको दोष थोपार्ने होइन, त्यो दोषलाई झिक्नुपर्छ’ भन्नेबारे सिद्धान्त, लेनिनको माक्र्र्सवाद र संशोधनवाद भन्ने पुस्तकमा उल्लेख गरिएको तथ्य ‘सबै ठाउामा एकै प्रकारले क्रान्ति हुँदैर्न’ भन्ने मान्यता र रुसको इतिहास त्यसमा पनि मूख्य गरी चीनको इतिहासमा माओले अघि सारेको ‘जहाँ क्रा’न्ति गर्ने हो त्यहाँको इतिहास अध्यन गर्नुपर्छ र क्रान्तिको मोडेल तयार पार्नुपर्छ’ भन्ने मान्यताका तीन आधारबाट नेपाली क्रान्तिको विशिष्टता खोज्दै माक्र्सवादको विकास गर्ने विषयमा छलफल भएको समेत बताए ।

नेपाली समाजको वर्गिय संरचनाका आधारमा अन्तरबि’रोधहरु बढ्दै गएको, वि’भेद, असमानताहरु बढ्दै गएको, औद्योगिक विकास हुन नसकेकाले अर्थतन्त्राम गमिभर समस्या देखिएको र राष्ट्रियता, जनतन्त्र, जनजीवीकाको समस्या बढ्दै गएको हुनाले क्रान्ति सम्भव रहेको तर्क समेत गरे ।

मुलुकमा अहिले कुल उपभोग्य वस्तु मध्ये ८७ प्रतिशत वस्तुको आयात हुने गरेको तथा १३ प्रतिशत वस्तुको मात्र निर्यात व्यापार हुने गरेको तथ्याङ्क अघि सार्दै मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेको प्रचि चिन्ता समेत प्रकट गरे ।

महान जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने सन्दर्भमा उनले आम नागरिकले यतिबेला क्रान्तिकारी आ’न्दोलनमा लागेर के पाँए भन्ने प्रश्न गर्नु भन्दा पनि त्यसबाट के कति उपलब्धी भयो र बाँकी कार्यभार कसरी पुरा गर्ने भन्ने विषयलाई केन्द्रमा राख्नुपर्ने धारणा समेत राखें ।

उनले उपल्लो तहका नेताहरु पछिल्लो चरणमा बदलिएपछि पार्टीका इमान्दार नेता, कार्यकर्ताहरु र आम जनतामा निरासता छाएको भन्दै उनले हिजोको मूल नेतृत्वले सबैलाई बेवारिसे बनाएको आरोप समेत लगाए । उनले क्रान्तिको बाँकी कार्यभार गर्नका लागि हिजोको मोडेलले किन पुरा काम गर्न सकेन भन्ने विषयमा अध्ययन सहित अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले क्रा’न्तिको लागि वैचारिक राजनीतिक तयारी र संगठनको तयारी मुख्य भएको भन्दै त्यसका लागि एकता, सषर्घ र रुपान्तरणमा आफ्नो पार्टीले जोड दिएको प्रष्ट पारे । उनले पार्टी एकता तथा रुपान्तरणको लागि त्यागको विधिमा पार्टीले जोड दिएको समेत बताए ।

उनले भने–‘हामीले पार्टी निर्माणको अभियानका क्रममा एकता र संघर्षको विधिलाई नेताहरुमा सर्तका रुपमा अघि सारेका छौं । यसमा भौतिक सुविधा, मृत्युको भय तथा बलिदानीको भावना विकास हुनुपर्नेमा जोड दिदैं रुपान्तरणमा जोड दिइएको छ ।’

‘मुलुक अहिले पनि अर्ध सामन्ती, अर्ध औपनिवेशिक अवस्थामा रहेको र राष्ट्रियता, जनतन्त्र, जनजीवीकाका स’मस्याहरु यथावत रहेकाले नेपालमा जनवादी क्रा’न्तिको कार्यक्रम गर्नुपर्ने अवस्था देखिएको छ तर विश्वभर भएका क्रान्तिहरु हेर्दा र नेपाली क्रान्तिलाई मोओको हैन लेनिनको आँखाबाट हेर्दा समाजवादी क्रान्तिको कार्यदिशा नै ठिक हुने देखिन्छ’–उनले भने ।

उनले आफ्नो पार्टीले महान जनवि’द्रोहको राजनैतिक तथा फैजि कार्यदिशा अघि सारेको र त्यसमा समाजको अन्तरवि’रोधका आधारमा सडक सघर्षलाई कार्यनिति बनाएको समेत बताए ।

पछिल्लो समयमा माओवादी केन्द्रमा एकता तथा ध्रुविकरण प्रकृया चलिरहेको सन्दर्भमा उनले पार्टीको समग्र विषयवस्तु राखेका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्