Logo

‘साकेला साहित्य महोत्सव’ सम्पन्न, बिमन किराती प्रथम (बिजेताका कबिता सहित)


दिनेश कुमार राई, काठमाण्डौ- किरात राई लेखक संघले आयोजना गरेको ‘साकेला साहित्य महोत्सव–२०७७’ सम्पन्न भएको छ । उक्त महोत्सव गत पुस ११ र १२ गते भएको हो ।

जसमा वरिष्ठ साहित्यकार तथा लेखक भूपाल राई, राजन मुकारुङ, मुन्धुम अध्येता भोगीराज चाम्लिङ र प्रकाश राईले अलग–अलग विषयमा महत्वपूर्ण प्रस्तुति दिएका थिए ।

उक्त कार्यक्रममा विमन किराती जापानबाट प्रथम भएका थिए । त्यसैगरी सिन्धुपाल्चोकका कवि सबु किरण दोस्रो, दक्षिण कोरियामा रहेका शकुन आाशु तेस्रो भएका छन् । त्यस्तै खोटाङका प्रयास दुमी राई, सोलुखुम्बुका देव समीप र मोरङका योङहाङ प्रदिप लिम्बुले सान्त्वना पुरस्कार पाएका छन् ।

विजयी कविहरूलाई क्रमश: २० हजार, १५ हजार, १० हजार र पााच–पााच हजार रुपैयाा तथा चाादीको मेडल, पुस्तक उपहार, प्रमाणपत्र प्रदान गरिने संघका महा-सचिव तेज माया राईले जनाएका छन् ।

संघले उधौली साकेलाको अवसरमा पहिलो पटक साकेला साहित्य महोत्सवको आयोजना गरेको हो । कोरोना महामारीको बीचमा भएको महोत्सव भर्चुअल प्रविधिमार्फत गरिएको हो ।

महेत्सवमा कवि भूपाल राईले ‘किरात प्राज्ञिक सत्ता निर्माण’, राजन मुकारुङले ‘साहित्यमा आदिवासी साहित्यकारहरूको भूमिका’, भोगीराज चाम्लिङले ‘साकेलाको गरिमा’ र प्रकाश राईले ‘जनगणनामा जनसंख्याको राजनीति’ विषयबारे चर्चा गरेका थिए । कबिको कबिताहरु :

विमन किराती जापान (प्रथम पुरस्कार विजेता)
मुद्दुमी यात्रा——
यलम्बरको देशमा
यलेखोमको आकाशमा
घातिहरूको छातीमा
तीन चुलाको कसम खादै
चेतनाको तरवार
खबरदारीको धनुवाण
निसाना लगाउनु छ
नाच्नु छ सिहदरबार,
शितल निवासको आगनमा ।

सबु किरण सिन्धुपाल्चोक (द्दितिय)
छोरी
तिमी वर्षौपछि यो साकेलामा फर्कि आएका छौ
यहि तीन चुलाबाट
हुत्लुङ खुट्काउदै
फुकाउनुछ साकेला
हान्नु छ यारि, झार्नु छ चासुम लावा
अनि खोज्नु छ मुक्तिको बाटो
जो सदा-सदालाई ।

शकुन आँशु कोरिया (तृतीय)
राहुराहु कोइलामा पाक्दै गरेको
होसामा खान
र साँझ आमाले पकाएको वाचिपा
आहा!
भेटिन्छ र यो संवाद
चिकेन रोष्ट र केएफसी मा ?
सङ्गीहरू हो गाउको स्वाद गाँउमै छ
गाउँमै छ
साकेला सुवास देशमै छ ।

 प्रयास दुमी राई खोटाङ (सान्त्वना)
उभौलीमा माया रोपौला
उधौलीमा माया टिपौला ।

देव समीपसोलुखुम्बु (सान्त्वना)
उज्यालोमै कोर्नु छ
चिण्डोको चित्र सिहदरवारको अनुहारमा
र बजाउनु छ ढोल सम्झेर शासकको टाउको ।

योङ्हाङ प्रदिप लिम्बूमोरङ (सान्त्वना)
ए यावा
तिमी साकेला थानमा सिलि नाच्न
अल्छी गरे पछिनै त हो
सत्ताले तिम्रो अस्तित्वको अनुहारमा
तेजाब छर्कन जाँगर चलाएको

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्