पच्चिसाैं अन्तराष्ट्रिय मुक्तक मेला भव्य रूपमा सम्पन्न

काठमाण्डौ- नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा पच्चिसाैं भर्चुअल अन्तराष्ट्रिय मुक्तक मेला हिजाे साँझ सम्पन्न भयो । मेलामा देश तथा विदेशमा रहनुभएका मुक्तककारहरूको सहभागिता रहेको थियो ।
सो मुक्तक मेलामा बिमल गिरी बेल्जियम, भरत लाेहारङ राई बेलायत, गणेश खतिवडा नेपाल, प्रेम प्रसाद भट्टराई कतार,महत्ता घिमिरे अष्ट्रेलिया, शिवराम खड्का नेपाल, युवराज भण्डारी क्यानडा, नानुराना वेलायत, नेपाल राजाभाट नेपाल, बिमन किराँती जापान, सेमन्त राई बेलायत, दिब्य गिरी , सयपत्री थुलुङ जापान, बाबुराम पाेखरेल नेपाल, रूपक श्रेष्ट वेलायत, कल्पना श्रेष्ट नेपाल, निता गुरूङ गाेहाटी गुप्त बहादुर श्रेष्ट नेपाल र यादव भट्टराई नेपालले विविध विषयका आआफ्ना चारचार मुक्तक वाचन गरे ।
आमन्त्रित अतिथि मुक्तककारहरुलाई प्रतिष्ठानका तर्फबाट कवि मुक्तककार यादव भट्टराईले स्वागत गरेका थिए । मेला प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्व र कवि मुक्तककार तथा अाख्यानकार उषा शेरचनकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमको संचालन र संयोजन प्रतिष्ठानकी कोषाध्यक्ष निशा के.सी. ले गरेकी थिइन् । प्रतिष्ठानले प्रत्येक महिनामा पालैपालो राष्ट्रिय र अन्तराष्ट्रिय मुक्तक मेला गर्दै आएको छ ।