Logo

आदिबासी किरात समाजद्वारा उधौली कार्यक्रम स्थगित गरिएको घोषणा


काठमाण्डौ- गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय सहिद तथा शान्ती पार्क यज्ञडोल ( जगडोल) सामुदायिक वन भित्र प्रत्येक वर्ष दुई पटक हुदै आएको  किरात महान चाड उधौली कोभिड -१९ का कारण स्थगित गरिएको छ।

आदिबासी किरात समाज गोकर्णेश्वर -९ आरुबारी काठमाण्डौका सचिब नैन सेटाल्छु जेरुङ, संस्थापक अध्यक्ष दिपेन्द्र चाम्लिङ र कार्यवाहक अध्यक्ष वम वहादुर राई संयुक्त तीन जनाद्वारा हस्ताक्षरित एक सुचना जारी गर्दै स्थगित गरिएको बताएका हुन।

बिगतका वर्षहरुमा उधौली उभौली भुमेनाच भब्य रुपमा मनाउदै आएता पनि यसपाली भने कोभिड- १९ तथा सबैको स्वास्थ्यलाई ध्यानमा राखी कार्यक्रम स्थगित गरिएको सुचनामा उल्लेख गरिएको छ भने सबैमा पर्न गएको असुबिधा प्रती क्षमाप्रार्थी रहेको समेत बताईएको छ ।

बिज्ञाप्तिमा भनिएको छा, ‘ भुमेवानामा संयुक्त पुजा गरिने जानकारी गराउदै  प्रत्येक संस्थाका तर्फबाट दुई जना  पदाधिकारी तथा प्रतिनिधि उपस्थित भईदिन समेत आग्रह गरेको छ।किरात सम्बत ५०८० तथा किरात महान चाड उधौलीको पावन अवसरमा सम्पुर्ण किरात तथा गैरकिरातजनहरु प्रती सुख, शान्ती, समृद्धि, दिर्घायु सुस्वास्थ्य लाभ तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना समेत ब्यक्त गरिएको छ।’ – मुग्लानिखबरबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्