Logo

संसद बि’घटनको बि’रोधमा हजारौ कार्यकता सहित जसपाको प्रदर्शन


काठमाण्डौ- संसद भं’ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमवि’रुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । सो प्रर्दशनमा जसपाका हजारौं कार्यकताले सहभागीता जनाएका थिए । जसपाले ओलीको कदम असं’वैधानिक भएको भन्दै त्यसलाई खा’रेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । त्यो जु’लुस् पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत परिणत भएको थियो ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु ड. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई , राजेन्द्र महतो लगायतले सम्बोधन गरेका थिए । संसद भं’ग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाले जानकारी दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संसद वि’घटन गर्ने कुनै अधिकार केपी ओलीसँग नभएको पूर्व प्रधान मन्त्रि समेत रहेक डा. बाब ुराम भट्टराईले बताउनु भयो । अब सबै राजनीतिक पार्टी एक जुट भएर ओलीको असंवैधानिक कदम बि’रुद्ध उभिनुको बिकल्प नभएको पनि डा.भट्टराईले बताए ।

ओलीले चुनाव गर्ने बाहानामा सत्ता र कुर्सी टिकाउने खेल खेलेको बताउदै यसका पछाडी कुनै पार्टी नलाग्न पनि आग्रह गर्नु भयो । यो मौका पारेर त्यो चुनावबाट अब ठूलो पार्टी बन्ने धाउ काँग्रेसले देखेको छ भने त्यो दिवा सपना मात्र हुने पनि भट्टराईले जानकारी गराए । २०१७ सालको राजा महेन्द्रको ‘कु; पछि फेरि ओली शासनको प्रतिगमन आएको जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए ।

एकलौटी शासनबाट सत्ता टिकाउने खेल ओलीले खेलेकोले सबै राजनीतिक ढल एक ठाउँमा उभिएर यसको भ’ण्डाफोर गर्नुपर्ने पनि उहाँले अपिल गर्नु भयो । वरिष्ठ नेता अशोक राईले पनि कार्यक्रमलाई सम्बोधन गर्दै ओलीको कदम गलत र असं’वैधानिक भएको बताए । ओली प्रतिगमनकारी भएको भन्दै उहाको कदम बिहेमा बजाउने पञ्चैबाजा मलामीको गहना जस्तो भएको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्