Logo

चिनियाँ टोलीको राष्ट्रपतिसँग एक घण्टा वार्ता


नेपाल भ्रमणमा आएका चिनियाँ उपमन्त्री गुओ येचौले नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ । चिनियाँ टोलीले राष्ट्रपति भण्डारीसँग आइतबार करिब एक घण्टा छलफल गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा . भेषराज अधिकारीले जानकारी दिए ।

नेपालमा प्रतिनिधि सभा विघटन र सत्तारुढ नेकपामा विभाजन आएपछि राजनीतिक संकट बढेका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डल आज काठमाडौं आएको हो ।

चिनियाँ टोलीले सत्तारुढ नेकपाको विभाजन रोक्न पहल गर्ने बुझिएको छ । गुओले सत्तारुढ नेकपाका नेता केपी शर्मा ओली , सरकार इतर विभाजित समूहका अध्यक्ष पुष्पकमल दाहाल , माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्