अ’सं’वैधा’निक कदम वि’रु’द्ध आ’न्दोनको तयारी ,वडा पार्टी अध्यक्ष र सचिव अनिवार्य सबैमा अपिल

मनिसा राई, खोटाङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतको सरकारको प्रधानमन्त्रिले असंवैधानिक कदम मार्फत प्रतिनिधिसभा भंग गरेकोले उक्त कदम असंवैधानिक हो भनेर जनताद्धारा सरकार लगायत सम्बन्धित सबैलाई दबाब कार्यक्रम नेकपा केन्द्रिय पार्टीको निर्देशन अनुसार नेकपा खोटाङले पनि आगामी १४ पौष २०७७ को सम्पुर्ण कार्यक्रम तयारी गरेको कार्यालय सदस्य संगिन किरातीले बताए ।
उक्त प्रदर्शनले जनताको वलले स्थापित संघियता, जनगणतन्त्रलाई लत्याउन खोज्ने सबैलाई चेतावनी स्परुप शक्ति प्रदर्शन भएकोले खोटाङ जिल्लाको ७९ वटै नेकपा वडा कमिटी अध्यक्ष, सचिव, नगरकमिटी, क्षेत्रिय कमिटी जिल्ला कमिटी, सचिवालय, सबै जनवर्गिय संगठनहरु, भातृ संगठनहरु, शिक्षक, सल्लाहकार, कार्यालयहरुलाई अनिवार्य तथा सम्पुर्ण नेकपा कार्यकर्ताहरु, सुभचिन्तक, वुद्धिजिवी, श्रष्ता, कलाकार लगायत आम जनताहरुमा उपस्थितिको लागी अपिल गरिएको सचिवलाय सदस्य खडेन्द्र राईले बताए ।

विभिन्न पालीकाहरु यातायातको व्यवस्था समेत गरिएकोमा हलेसी नगरमा तीनवटा बसको व्यवस्थापन गरिएको जसमा जयरामबाट पौष १४ गते विहान ८ बजे, च्यास्मिटार ९, बजे हलेसी ९ बजे हुँदै दिक्ते सदरमुकाम जाने तालिका रहेको तथा शक्ति प्रर्दशन कार्यक्रममा केन्द्रिय नेताहरुले सम्बोधन गर्ने सचिवलाय सदस्य हस्त बहादुर राई आमोदले बताए ।