ज्ञानेन्द्र प्र’ति’गमनकै कारण बिदा भए ,ओलीको पनि त्यस्तै बिदाइ हुने छ : राजेन्द्र महतो

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले ओलीको प्रतिगमन धेरै नटिक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले काठमाडौंमा गरेको विरो’ध प्रदर्शनलाई शान्ति वाटिकामा सम्बोधन गर्दै नेता महतोले यस्तो बताएका हुन् ।
“यो देशमा संविधान ल्याउँदा हिमाल, पहाड, तराईको जनतालाई गो’ली ठो’केर ल्याएको होइन ?” प्रदर्शनकारीलाई उत्तेजित पार्दै महतोले भने, “आदिवासी, जनजाति मधेसी दलित थारुलाई दबाएर ल्याएको संविधानमाथि पनि यो ओलीले कू गरेको छ, अब कति मिनेट टिक्छ ?” उनले हजारौं वर्षको शासनको उत्तराधिकारी ज्ञानेन्द्र प्रतिगमनकै कारण बिदा भएको भन्दै ओलीको पनि त्यस्तै बिदाइ हुने बताए ।