राजाकी प्रेमिकाकाे एक हजार चार सय न’ग्न फोटो लिक भएपछि

राजाकी गर्लफ्रेण्डका १४०० फोटो देशैभरी छ्याप्छ्याप्ती भएपछि हाल थाइल्याण्डमा हं’गामा भएको छ । आफ्नी गर्लफ्रेण्डका फोटो लिक भएपछि राजा महा बाजीरालंकर्ण त’नावमा परेका छन
राजाकी गर्लफ्रेण्ड सिनिनित वोंगवाजीरापकडीका दु’श्मनहरुले उनका यति धेरै न’ग्न फोटोहरु त्यहाँका राजतन्त्रवि’रोधी अभियन्ताहरुलाई पठाएको द टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै डेलीमेलले जनाएकाे छ ।
रिपोर्टका अनुसार पठाइएका फोटोहरुमध्ये ठूलो संख्यामा फोटोहरु न’ग्न छन् । राजाकी पत्नी सुथिडा र गर्लफ्रेण्ड सिनिनितबीच चलिरहेको झ’गडाका कारण यी तस्वीरहरु लिक भएको विश्वास गरिएको छ ।
सुथिडा थाइल्याण्डकी रानी हुन् । राजाकी गर्लफ्रेण्ड सिनिनितका तस्वीर यस्तो समयमा लिक भएका छन् जतिबेला उनी भर्खरै जे’लबाट छुटेर राजाको नजिक पुगेकी छिन् ।
गत वर्ष राजाले आश्चर्यजनक तरिकाले आफ्नी गर्लफ्रेण्डलाई जे’ल हालेका थिए । उनीमाथि रानीको छवि बि’गार्न खोजेको आरोप लगाइएको थियो ।
रिपोर्टअनुसार सिनिनितका न’ग्न फोटोहरु थाइल्याण्डमा राजशाहीवि’रुद्ध वि’रोध प्रदर्शन गरिरहेका अभियन्ताहरुलाई पठाइएको छ ।
यी फोटोहरु २०१२ देखि २०१४ को बीचमा खिचिएको बताइएको छ । स्वयं सिनिनितले नै ती तस्वीर खिचेको अनुमान गरिएको छ । थाइल्याण्डको राजशाहीको आ’लोचक रहेका बेलायती पत्रकार म्याकग्रेगर मार्शललाई पनि यी तस्वीरहरु पठाइएको छ ।
थाइल्याण्डका ६८ वर्षका राजा महा बाजीरालंकर्णले २०१९ मा सुथिडासँग बिहे गरेका थिए । उनलाई रानीको दर्जा प्राप्त छ । यसअघि पनि राजाले तीन विवाह गरेका थिए । उनका ७ सन्तान छन् ।
उनका तीन पत्नीहरुसँग भने सम्बन्धवि’च्छेद भइसकेको छ । ४२ वर्षकी सुथिडा र ३५ वर्षकी सिनिनित दुवैले पहिले राजाको महलमा बरिष्ठ अधिकारीको रुपमा काम गरेका थिए ।
सुथिडाले यसअघि थाइ एयरवेजमा फ्लाइट क्रुको रुपमा काम गरेकी थिइन् भने सिनिनित पहिले सेनाकी नर्स थिइन् । स्राेतः डिसिनेपाल