Logo

ईन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईलाई दिए धन्यवाद


पदमुक्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् ।

‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मा । मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले शनिबार साँझ फेसबुकमा लेखेका छन् ।

यसअघि, शनिबारै साँझ मुख्यमन्त्री राईले उनलाई पदमुक्त गरेका थिए । मुख्यमन्त्रीविरु’द्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएपछि सरकारबाट निकालिएको हो ।

आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्