Logo

शेरधन राईले ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीवि’रु’द्ध हस्ताक्षर गरेको भन्दै हटाए


प्रदेश- १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई ब’र्खास्त गरेका छन् । प्रचण्ड–माधव नेपाल समूहले मुख्यमन्त्रीविरु’द्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री विरुद्ध आइतबार अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्ड–माधव नेपाल समूहले गरेका छन्। मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेको जानकारी दिए ।

“नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आंबोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गर्नुभएको छ ।” प्रेस सल्लाहकार सुवेदीले बताए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्