Logo

समृद्धिको यात्रा ओलीको गाईजा’त्रा : नागरिक अगुवा


नागरिक समाजका अगुवाहरुले सरकारले संसद् वि’घटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको बताएका छन् । सरकारको उक्त कदम संविधानमाथिकै आ’क्रमण भएको उनीहरु बताउँछन् ।

प्रतिनिधिसभा विघ’टन असंवैधानिक भन्दै नागरिक अगुवाहरुले शनिबार माइतीघर मन्डलामा वि’रोध प्रदर्शन गरेका हुन् । सहभागीहरुले शंख बजाएर वि’रोध गरेका थिए ।

संविधानमाथि प्रहार भएकोले प्रदर्शनमा उत्रनुपरेको उनीहरुको जिकिर छ । प्रदर्शनमा सहभागी नागरिक अधिकारकर्मीहरुले संविधानभित्रैबाट अहिलेको स’मस्याको समाधान खोज्नुपर्ने बताएका थिए ।

‘जो रक्षक उही भक्षक’, ‘संविधानमाथि तीरैतीर, प्रतिगामीलाई खिरैखिर’, ‘संसद् विघटनको दुस्साहस, लोकतन्त्रको उपहास’, ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘संविधानमाथिको प्रहार, इतिहासको ठूलो अत्याचार’लगायत लेखिएका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्