Logo

राजमार्ग अ’वरु’द्ध


स्याउले दिपायल जोड्ने डा. केआइसिंह राजमार्ग अवरु’द्ध गरिएको छ । बिहीबार राति डोटीको शिखर नगरपालिका–६ तल्कोटमा से १ त १००९ नम्बरको कारको ठक्करबाट आठ वर्षीय बालक गोरख बलायरको मृ’त्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै मृ’तकका आफन्तले आज बिहानदेखि सो राजमार्ग बन्द गरेका छन् ।

राजमार्गअवरुद्ध गरिएका कारण यहाँका पहाडी जिल्लाबाट तराई जान हिँडेका तथा तराईबाट पहाडी जिल्ला आउने दर्जनौँ सवारीसाधन तथा सयौँ यात्रु शिखर नगरपालिका–६ तल्कोटमा अल्पत्र अवस्थामा परेका छन् । अवरुद्ध गरिएको राजमार्ग खुलाउनका लागि पी’डित पक्षसँग पहल भइरहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

उनले भने, “मृ’तकका आफन्तले राजमार्ग अवरुद्ध गरेका छन्, राजमार्ग खोल्ने प्रयास भइरहेको छ ।” बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नि’यन्त्रणमा लिएको छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्