Logo

संसद विघ’टनविरू’द्ध नेपाली कांग्रेसले सोमबार वि’रोध प्र’दर्शन गर्ने


नेपाली कांग्रेसले सोमबार १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटन गरेको वि’रोधमा प्रदर्शन गर्ने भएको छ। पूर्व प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

संसद विघ’टनको असंवैधानिक कदमविरू’द्ध एक सय ६५ वटै निर्वाचन क्षेत्रमा वि’रोध प्रदर्शनको आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘विघ’टनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद वि’घटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु,’विज्ञप्तिमा भनिएको छ,’संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना वि’परीतको कार्यविरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ।’

सभापति देउवाका अनुसार सोमबार हुने प्रदर्शन उनी आफैंले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्ताव गरेका थिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्