प्रभु साह प्रचण्ड- नेपाल छोडेर ओली समूहमा मन्त्री बन्दै

नेकपा सांसद एवं केन्द्रीय सदस्य प्रभु साह प्रचण्ड- नेपाल समूह छोडेर ओली समूहमा लागेका छन्। प्रचण्ड- नेपाल समूहबाट माधव कुमार नेपाल अध्यक्ष बनेपछि साह अस’न्तुष्ट बनेका थिए।
मंगलबार र बिहीबार दुई दिन बसेको प्रचण्ड- नेपाल समूहको बैठकमा साह सहभागी थिए। पार्टीमा दुई अध्यक्ष राख्नु हुँदैन भनेर उनले सार्वजनिक वक्तव्य समेत दिएका थिए।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह नेपालसँग पार्टी एकतादेखि नै असन्तुष्ट बन्दै आएका थिए। नेकपाको अन्तर्संघर्षमा साह तटस्थ रहँदै आएका थिए। मन्त्री हुने भएसँगै साह अब ओली समूहमा लागेका छन्।