Logo

शेरधन राईवि’रू’द्ध अ’वि’श्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी


बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरू’द्ध अविश्वासको प्रस्ताव ल्याएको प्रचण्ड-नेपाल समूहले प्रदेश-१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ।मुख्यमन्त्री शेरधन राईविरू’द्ध अ’विश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी भएको प्रचण्ड-नेपाल समूहका एक प्रदेश सांसदले सेतोपाटीलाई बताए।

‘हामीले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छौं। त्यो बेलासम्म प्रदेश सभा रहन्छ की रहँदैन भन्ने मात्रै हो। किनकी बागमतीको घ’टनाले आत्तिएर प्रधानमन्त्रीले प्रदेश सरकार र प्रदेश सभा भंग गर्ने ख’तराछ,’ ती सांसदले भने,’हाम्रा साथीहरू अहिले बाहिर-बाहिर हुनुहुन्छ। साथीहरू भेला हुनसाथ अ’विश्वासको प्रस्ताव गइहाल्छ।’

प्रदेश सभाकै बहुमत आफूहरूसँग रहेको प्रचण्ड-नेपाल समूहका एक केन्द्रीय सदस्यले दाबी गरे। प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्।

२०७४ मा प्रदेश सभामा नेकपा एमाले संसदीय दलको निर्वाचन हुँदा अहिलेका मुख्यमन्त्री शेरधन राई विजयी भएका थिए। उनले एमालेका तत्कालीन सचिव भीम आचार्यलाई २ मतले हराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरका राईले २६ मत पाउँदा माधव नेपालनिकटका आचार्यले २४ मत पाएका थिए। एकमत बदर भएको थियो। बदर भएको मत आफूहरूकै रहेको प्रचण्ड-नेपाल पक्षको दाबी छ।

‘अहिले हाम्रो पक्षमा पूर्व एमालेका २८ जना सांसद खुल्नुभएको छ। ४ जना कतै खुल्नुभएको छैन। उहाँहरू पनि यतै आउनुहुन्छ,’ प्रचण्ड-नेपाल पक्षधर ती नेताले भने,’पूर्वमाओवादीको १६ समेत जोडेपछि हाम्रो नेतृत्वमा सरकार बन्न सक्छ।हामी त्यसकै तयारीमा छौं।’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्