Logo

डोरमणि पौडेलवि’रु’द्ध अ’वि’श्वासको पत्र दर्ता


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरु’द्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेका छन् ।

प्रदेशसभाका ४५ सदस्यले पौडेलविरु’द्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई-दुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र पछिल्लो पटक देखिएको वि’वादका कारण मुख्यमन्त्री पौडेलविरु’द्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको उनले बताए । “हामीलाई माथिबाट निर्देशन आयो, त्यसैले अविश्वासको प्रस्ताव दर्ता गरेका हौँ”, उनले भने । त्यस्तै प्रदेशका तीन मन्त्रीले आजै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालसँगै आफूले पनि राजीनामा दिएको मन्त्री जम्कट्टेलले जानकारी दिए। रासस

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्