एक-दुईजना बसेर पार्टी मै हुँ भन्दैमा हुँदैन : नारायणकाजी
नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई २९५ जना सदस्यको हस्ताक्षरसहित केन्द्रीय कमिटीको निर्णय बुझाएको छ। केन्द्रीय कमिटी सदस्यहरु र सांसदहरुसहित निर्वाचन आयोग पुगेको समूहले आज निर्णय बुझाएको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आयोगले आफ्नै समूहलाई छिट्टै वैधानिकता दिने दाबी पनि गरे । “राजनीतिक दलसम्बन्धी कानुनले व्यवस्था गरेअनुसार हामी अत्यधिक बहुसंख्यक ७० प्रतिशत जहाँ छ त्यो स्वतः वैधानिक हुन्छ ।
तैपनि निर्वाचन आयोगले छिट्टै औपचारिक निर्णय गर्छ,’’ श्रेष्ठले भने । प्रवक्ता श्रेष्ठले केपी शर्मा ओली समूहप्रति लक्षित गर्दै भने, “राजनीतिक दलसम्बन्धी कानुन छ नि । पार्टीको एकजना, दुईजना, दशजनाले बसेर म नै पार्टी हुँ भनेर हुँदैन । उनीहरु आज बिहान माइतीघरमा जम्मा भएर नाराबाजी गर्दै आयोग पुगेका थिए ।’’ दुवै पक्षले आफ्नो समूहमा बहुमत रहेको दाबी गर्दै आइरहेको छ ।