Logo

निर्वाचन आयोगलाई तलमाथि गर्न पाइँदैन : योगेश भट्टराई


नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव नेपाल समूहका नेता योगेश भट्टराईले निर्वाचन आयोगलाई तलमाथि नगर्न खबरदारी गरेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउन पुगेको प्रचण्ड-माधव नेकपाको जुलुसलाई सम्बोधन गर्दै उनले भने, “खबरदार निर्वाचन आयोगले तलमाथि गर्न पाइँदैन । यो हँसिया हथौडाका झन्डा, सूर्यको झन्डा हाम्रो हो,” उनले बहुमत केन्द्रीय सदस्य आफूहरुसँग रहेको भन्दै सूर्य चुनाव चिह्‍न आफूहरुको भएको बताए ।

भट्टराईले आफूहरु संविधानको सर्वोच्चता, प्रतिनिधिसभा पुनर्गठनको पक्षमा रहेको पनि बताए । उनले संसद् जीवित रहेको भन्दै सभामुख अग्‍निप्रसाद सापकोटालाई संसद् बैठक बोलाउन पनि आग्रह गरे ।

नेकपाभित्रको विवाद पार्टी फुटको अवस्थामा पुग्दा उनीहरुको विवाद अब चुनाव चिह्‍नमा हुने देखिएको छ । नेकपा केपी ओली समूहले पनि सूर्य चुनाव चिह्‍न आफूहरुले पाउने दाबी गरिरहेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्