दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार छौ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताएका छन् । बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका लागि पुगेका दाहालले यस्तो बताएका हुन् ।
उनले यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा ३१५ जना उपस्थित भएको जानकारी गराउँदै दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका हुन् ।