Logo

प्रचण्ड-नेपाल समूहको कार्यक्रम घोषणा, यस्ता छन् तयारी


विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले विभिन्‍न सं’घर्षका कार्यक्रमको घोषणा गरेको छ । आज संसद् वि’घटनविरु’द्ध उक्त समूहले आन्दोलन गर्दै छ । अहिले साढे ९ बजे केन्द्रीय सदस्य तथा सांसदहरु माइतीघरमा भेला हुँदै छन् । माइतीघरमा भेला भएर आजै दिउँसो १२ बजे निर्वाचन आयोगमा जाने तयारी छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आ’न्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । प्रचण्ड-नेपाल समूहले आजै पत्रकार सम्मेलन पनि गर्दै छ । प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन पनि गरिएको छ ।

यस्ता छन् प्रचण्ड-नेपाल समूहको कार्यक्रम

– १० गते ९:३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरूलगायत माइतीघर मण्डलमा जम्मा भएर १२ बजे निर्वाचन आयोग जाने । दिउँसो २ बजे पत्रकार सम्मेलन ।

– एक साताभित्र प्रदेशहरूको बैठक सम्पन्‍न गर्ने । , १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।, १२ गते ७७ जिल्लाको भेलाबैठक गर्ने ।, १४ गते ७७ वटै जिल्लामा प्रतिगमनविरु’द्ध आ’न्दोलन । , २० गतेभित्र नगरगाउँपालिकासम्म बैठक, भेला गर्ने ।, २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्‍न गर्ने । ,काठमाडौंलगायत सहरहरूमा प्रतिगमनविरु’द्ध दैनिक आ’न्दोलन गर्ने ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्