Logo

प्रधानमन्त्री केपी शर्मा ओलीको नि’रं’कु’शजस्तै अर्को प्रतिगामी कदम


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले संसद् वि’घ’टनवि’रु’द्ध एकजुट हुन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नि’रं’कु’श कदम चालेको भन्दै उनले त्यसको भ’र्त्सना गरे ।‘‘अहिले सिंगो राष्ट्र नै अनिश्चितताको भुमरीमा परेको छ,’’ उनले भने ।

संविधानसभाबाट निर्मित नेपालको संविधानलाई कुल्चिने काम भएको उनले बताए । बिहीबार आफ्नो समूहको केन्द्रीय समिति बैठक सकिएलगत्तै उनीसहितका नेताहरु बल्खु पुगेका थिए । त्यहाँ मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि उनले यस्तो बताएका हुन् ।

‘‘प्रतिनधिसभालाई विघटन गर्ने अत्यन्तै गलत कदम प्रधानमन्त्री केपी शर्मा ओलीबाट चालिएको छ । हामी त्यसलाई स्वीकार गर्ने पक्षमा छैनौँ । प्रतिनिधिसभालाई कुनै पनि ता’नाशा’ही तरिकाबाट विघटित गर्न पाइँदैन,’’ उनले भने, ‘‘यो ठिक राजाको नि’रंकुश कदमजस्तै अर्को प्रतिगामी कदम हो । यसको हामी घोर भ’र्त्सना गर्दछौँ ।’’

उनले नेकपाको मूलधार र मूलशक्ति आफूहरु नै भएको जिकिर गरे ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्