श्रीमतीको उचारको लागी चार लाख ८० हजार रकम आवश्य भएपछि गायक राई त’नावमा
राज कुमार राई,पौष ८–काठमाण्डौं । संगीत विज्ञ, संयोजक तथा गायक कृष्ण भक्त राईको जीवनमा ठूलो ब’ज्ज्रपात आईपरेको छ । लामो समयदेखि हजारौं गीत–संगीतको माध्यमबाट सारा संसारलाई हसाउदै र स्वर्णीम मनोरञ्जन दिदै आएका राई आज आफै रो’धन र दुः’खको भु’मरी भित्र पि’ल्सिन बा’ध्य भएका छन् ।
करिब तीन बर्षदेखि उहाँकी आफ्नो जीवन संगीनी आशा राई मुटु, पाइल्स र थाईराइट जस्ता प्राणघा’त्क रोगबाट ग्र’सित हुदै आएकी छन् । निरञ्तर उपचार गर्दै आएपनि केही सीप नलागेपछि अहिले गायक राई अ’तालिएका छन् । उहाँ आफै दृष्टिबिहिन हुनुहुन्छ । उहाँको कला र प्रतिभा भएर मात्र आफ्नो जीवन र परिवार सञ्चालन गर्न सम्भव भएको हो ।
उहाँको ठाउँमा अरु दृष्टिबिहिन भएको भए, परिवार धान्न त परोस् जाओस् आफै अरुको सहरा लिएर बाच्न बा’ध्य हुन्थ्यो नै । आफ्नो धर्म पत्नी आशा राईको जीवन रक्षाको निम्ति अहिले अस्पताल प्रशासनले तीन लाख भारु अर्थात चारलाख ८० हजार रुपैया आवश्यक पर्ने बताएपछि अहिले उनी सहयोग माग्न बा’ध्य भएका हुन् ।
उहाँले आफ्नो मन भित्रको पी’डा पोखाउदै अहिले आफ्नो कमाईले मात्र परिवार धान्न र श्रीमती उपचार गर्न सम्भव नै नभएको कलाखबरसँग बताउनु भयो । आफ्नो श्रीमतीको नाममा देश विदेशबाट सहयोग आई रहेको र अझै पनि सबै दयालु मन भएकाहरुले सहयोग गर्न आग्रह पनि गर्नु भयो ।
अहिले गायक राईको जीवन संगीनी आशा राई बचाउन विभिन्न अभियन्ताहरु लागी परेका छन् । उहाकै श्रीमतीको सहयोगार्थ स्वरुप एकल साँझ तथा साँस्कृति कार्यक्रम पनि अभियन्ताहरुले गर्ने भएको छ ।
गायक राई दृश्टिबिहिन भएकोले पनि सहयोग गर्न नितान्त आवश्यक भएको फलैचा रेष्टुरेण्टका सञ्चालक उमेश राईले बताए । आफूहरुको पहलमा आगामी पौष १८ गते फलैचा रेष्टुरेण्टमा ख्याती प्राप्त कलाकारहरुको संयुक्त प्रस्तुति सहित वृहत साँस्कृति कार्यक्रममा उपस्थित भई सहयोग गर्न पनि उहाँले अनुरोध गर्नु भयो ।
गायक राईको आर्थिक अवस्था निकै नाजुक रहेको देखेर यो अभियानमा आफूहरु लागी परेको मुन्धुमस्टारका सञ्चालक सुमन वाङदेलले जानकारी दिनुभयो । यो अभियानको प्रचारप्रसारमा मुन्धुमस्टार डटकमले महत्पूण भूमिका निभाउने पनि उहाले बताउनु भयो ।
यो अभियानमा मुख्य रुपमा गायक अनिल कोयु राई,फलैचा रेष्टुरेण्टका सञ्चालक उमेश राई, गायीका मिना राई, गायिका अम्रिता राई, समाजसेवी चर्ना राई, युवा नेता सुमन वाङदेल, समाजसेवी युवाराज राई लगायत रहेका छन् ।
बाकी भिडियोमा हेनुहोस :