Logo

मेस्सीले पेलेको ‘एक असम्भव’ रेकर्ड तोडे


एजेन्सी –  क्लब फुटबल इतिहासमा सम्भवत: एक खेलाडीले एउटै क्लबको लागि ६४४ भन्दा बढी गोल गर्ने ‘एक दुर्लभ रेकर्ड’ अब सधैँको लागि लियोनल मेस्सीको नाममा रहनेछ।

यो रेकर्ड ‘ब्रेक’ गर्न किन असम्भव छ भने; पहिलो कुरा फुटबलको विश्वव्यापी व्यावसायिकता तथा खुल्ला बजार व्यवस्था, दोस्रो अहिलेका कुनै पनि सक्रिय खेलाडी यस रेकर्डको नजिक छैनन्, फुटबल खेल र खेलाडीको स्तर अब्बल हुँदै जानु, प्रविधिको उच्च प्रयोग, तथा मेस्सीको जस्तो गोल गर्ने अद्भुत शिल्प भएको खेलाडीको आगमन चाहेर मात्र पुन: हुँदैन।

बार्सिलोनाका लागि ६४४ औँ गोल गरेपछि मेस्सी। 

कप्तान मेस्सीले बुधबार बिहान बार्सिलोनाले रियाल भालाडिलिडलाई ३-० ले पराजित गर्दा मेस्सीले महान् खेलाडी पेलेको एउटै क्लवको लागि गरेको सर्वाधिक ६४३ गोलको रेकर्ड तोडेका हुन्।

जुन रेकर्ड पेलेले ब्राजिलियन क्लव सान्तोसका लागि ६५६ खेलमा ६४३ गोल गरेर कायम गरेका थिए । उनले सान्तोसमा सन् १९५६ देखि १९७४ सम्म १९ सिजन खेल्दै उक्त गोल गरेका थिए। मेस्सीले उक्त रेकर्ड बार्सिलोनाका लागि ७४९ खेलमा ६४४ गोल गरेर तोडेका हुन्। मेस्सी सन् २००४ देखि बार्सिलोनामा व्यावसायिक फुटबल खेल्दै आएका छन्।

एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको सुची। 

मेस्सीले बार्सिलोनामा १० पटक ला लिगा, ६ पटक कोपा डेल रे, र ४ पटक च्याम्पियन्स लिग जितेका छन्। उनले व्यक्तिगत सफलताकै रुपमा समेत रेकर्ड ६ पटक ‘बालोन द अर’ जितेका छन्।

मेस्सीले यो सिजन बार्सिलोनाका लागि १५ खेलमा १० गोल गरेका छन्। उनका १० गोल मध्ये ५ गोल पेनाल्टीमार्फत गरेका हुन्।

आजको जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक बटुल्दै तालिकाको पाँचौ स्थानमा उक्लेको छ। भालाडिलिड भने १५ खेलमा १४ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्