Logo

ओली समूहले हिजो बनाइएका केन्द्रीय सदस्यलाई प्रशिक्षण दिँदै


नेपाल कम्युनिष्ट पार्टीको केपी शर्मा ओली समूहले मंगलबार बनाइएका नयाँ केन्द्रीय सदस्यहरूलाई आज प्रशिक्षण दिने भएको छ।

उक्त समूहका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बुधबार राजधानीका विभिन्न स्थानमा ७ प्रदेशका प्रशिक्षण कार्यक्रम हुनेछन्।

विभिन्न नेताहरूले ती कार्यक्रममा प्रशिक्षण दिने छन्।

ज्ञवालीका अनुसार कार्यगत प्रशिक्षण दिन विभिन्न नेताहरूलाई  जिम्मेवारी दिइएको छ।

सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे, कर्णाली प्रदेशमा शंकर पाेखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य, लुम्बिनी प्रदेशमा विष्णुप्रसाद पाैडेल, शंकर पाेखरेल, मणिचन्द्र थापा र गाेमा देवकाेटाले प्रशिक्षण दिने छन्।

त्यस्तै गण्डकी प्रदेशमा टाेपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पाैडेल,  वागमती प्रदेशमा ईश्वर पाेखरेल, टाेपबहादुर रायमाझी र पद्मा अर्यालले  प्रशिक्षण दिने छन्।

प्रदेश नं २ बाट केन्द्रीय सदस्य बनेकाहरूलाई प्रशिक्षण दिन ईश्वर पाेखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महताेलाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्वाहाम्फेले प्रशिक्षण दिने छन्।

यसअघि मंगलबार प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय समितिमा ५ सय  ५६ जनालाई थपेका थिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले भने एक तिहाइ केन्द्रीय सदस्यको बैठकले केन्द्रीय सदस्य थप्न नसक्ने बताएका छन्।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्