Logo

बेलायतबाट नेपाल प्रवेशमा रो’क लगाउने नेपाल सरकारको निर्णय


नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

मंगलबार अपराह्‍न बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताए ।

युरोपियन युनियनले बेलायतसँग सीधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले बताए । बैठकले पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्य रुपमा सात दिन क्‍वारेन्टिन बसेर जाँच गरेपछि मात्र घर गन्तव्य जान पनि अनुरोध गरेको छ ।

यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रुपमा १० दिन होटेल क्‍वारेन्टिनमा बसेर परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्