ओलीलाई अध्यक्षबाट ह’टाइयो

नेकपाको अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठकले गरेको छ । कार्की बैंक्वट बबरमहलमा बसेको केन्द्रीय कमिटीले यस्तो निर्णय गरेको हो । ३१५ जना केन्द्रीय कमिटीका सदस्यले ओलीलाई हटाउने निर्णय सर्वसम्मतरुपमा गरेका थिए ।
ओलीले निरन्तर पार्टीका कार्यक्रम, नीति, सिद्धान्त, जनताका अपेक्षाको अवज्ञा गर्दै आएको पारित प्रस्तावमा उल्लेख छ ।
गौशालास्थित एक होटलमा भेला गर्दै ओलीले पार्टी दर्ताको लागि निर्देशन दिएको आरोप छ । आफू नजिकीलाई अघि सारेर कथित नेकपा एमाले दर्ता गराएको पनि पारित प्रस्तावमा उल्लेख छ ।