रामबहादुर थापा ‘बादल’ प्रचण्डटिम सँग जादै
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय संसद वि’घटन नभएर ओली सरकार वि’घटन भएको दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारिताले यो स्थिति सिर्जना भएको भन्दै उनले अझै पनि संसद वि’घटन नभएको बताए।
‘हामी लिडिङ पार्टी हौ। अरू कुनै पार्टी पनि विघ’टन मान्न तयार छैनन्। हामीले अदालतमा अपिल गरेका छौं। अदालतबाट संसद पुनर्स्थपना हुन्छ’, उनले भने। उनले आफूकहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य रहेको दाबी गर्दै संविधान, नियम कानुन अनुसार यो नै वैधानिक नेकपा भएको बताए।
संवैधानिक अंगहरु नेपालको ऐन कानुन अनुसार चल्छन् भन्ने विश्वासमा आफू अझै पनि रहेको भन्दै प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल आफूहरुको समूहमा आउने जिकिर गरे।
‘पूर्व एमालेमा पटक-पटक नेतृत्व गर्ने नेताहरु र पूर्व माओवादीका नेतृत्व पंक्तिका नेताहरु यही समूहमा हुनुहुन्छ । उपाध्यक्ष गौतम पनि यही समूहमा आउनुहुन्छ। भोलिबाट बादलले पनि सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको छ। ६५ प्रतिशत सदस्य हामीसँगै रहेकाले यो समूह नै आधिकारीक नेकपा हो,’ बैठकमा अध्यक्ष प्रचण्डले भने।
यहाँ तत्कालीन एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुको ठूलो उपस्थिति रहेको भन्दै उनले यो ती दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएका कसैंलाई भ्रममा नपर्न आग्रह गरेका छन्। केपी ओलीले बिहान गरेको बैठक नौटंकी भएको प्रचण्डको भनाई छ।
‘आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एक तिहाइ भन्दा कम सदस्य उपस्थित नभएर दुई तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन। यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्,’ उनले भने।
उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय समिति विस्तार गर्ने निर्णयमा गम्भीर आपत्ति जनाएका छन्। प्रचण्डले १ तिहाई केन्द्रीय सदस्य भएको वालुवाटार भेलाले झण्डै २ तिहाई सदस्य संख्या कसरी थप्नसक्यो भनि प्रश्न गरेका थिए।
ओलीले बोलाएको बैठकलाई अवैधानिक रहेको जिकिर गर्दै उनले आफूहरुले बोलाएको बैठक नै वै’धानिक भएको दाबी गरे। प्रचण्डले आफूले पार्टीमा प्रस्तुत गरेको प्रतिवेदनलाई ओलीले ‘आरोपपत्र’ भनेकोमा आ’पत्तिसमेत जनाए।
‘हामीले तयार पारेको प्रस्तावलाई छलफल गराउनै चाहनुभएन्। आरोपत्र भन्नुभयो। सचिवालय बैठकमा बोल्नै नपाउने। पार्टीको कार्यकारी अध्यक्षले बोल्नै नपाउने बोल्नै नदिने अधिकार उहाँलाई कसले दियो,’ उनले आक्रोशित हुँदै भने।
ओलीको स्वच्छेचारिता बढेको भन्दै प्रचण्डले सचिवालय बैठकमा छुट्टै लिखित प्रस्ताव प्रस्तुत गरेका थिए। सोही प्रस्ताव प्रस्तुत गरेपछि नेकपामा लिखित रुपमै आरोप प्रत्यारोप चलेको थियो। यसअघि आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो ।
यसअघि रहेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीले २ वर्ष भित्र एकता महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा पाएपनि काम गर्न नसककोले सदस्यको संख्या विस्तार ओली पक्षको तर्क छ । जसमा हाललाई १ हजार ३ सदस्सीय बनाइएको छ भने बाँकी संख्या क्रमशः थपिनेछ।