अ्मेरिकाद्वारा सुडानमाथिको का’रबा’ही अन्त्य गरियो

अमेरिकी संसदले सुडानमाथि लाग्दै आएको आ’तं’कवा’दी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।
सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरुमा आ’क्र’मणको दो’ष अमेरिकाले सुडानमाथि लगाउँदै आएको थियो । उक्त घ’टनामा भएको जनधनको क्ष’तिबापत करोडौं डलर क्षतिपूर्ति तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिका प्र’तिब’न्धहरु हटाउन मञ्जुर भएको थियो ।
सुडानमाथि आ’तं’कवा’दीलाई प्रश्रय दिने राष्ट्रको सूचीबाट सुडानलाई अमेरिकाले गत साता हटाएको थियो । सुडानले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न सहमति जनाएको दुई महिना नपुग्दै अमेरिकाले उक्त निर्णय गरेको हो ।
कोरोनाभाइरस महा’मारीको चपेटामा परेर आर्थिक सं’कटमा परेको सुडान अहिले राजनीतिक सं’क्र’मणकालमा रहेको छ । अमेरिकाले सुडानलाई आर्थिक सहायता, ऋण मोचन र लगानीका लागि पनि सघाउने जनाएको छ ।
सुडानलाई अमेरिकाले ७० करोड आर्थिक सहायताका साथै अन्तर्राष्ट्रिय मुद्रा कोषलाई भुक्तानी गर्नुपर्ने थप १२ करोड डलर ऋण चुक्ता गर्न अमेरिकाले सघाउने बताएको छ । अमेरिकामा रहेका सुडान सरकारका बैंक खाताहरु पनि अब खुला हुनेछन् ।
सुडानसँगको सम्झौतामा सुडानले १९९८ मा केन्या र तान्जानियास्थित अमेरिकी राजदूतावासमा अ’ल’का’यदाद्वा’रा भएका ह’मलाका पी’डितलाई क्ष’तिपूर्तिबापत ३३ करोड ५० लाख डलर भुक्तानी गर्न सहमति जनाएको थियो ।
उक्त हमलाहरु सुडानका तत्कालीन राष्ट्रपति ओमार अल–बसिरको शासनकालमा भएका थिए जतिबेला आतंकवादी संगठन अलकायदाका नेता बिन लादेन सुडानमा रहेका थिए ।रासस
एजेन्सी,वासिङ्टन