संसद पुनर्स्थापना हुँदैन, चुनावमा हामीले दुई तिहाइ ल्याउनुपर्छ-ओली

फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै ओलीले केहीले भनेजस्तो स’र्वोच्च अ’दालतबाट संसद पुनर्स्थापना नहुने बताएका हुन्।
बैठकमा सहभागी केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई चुनावमा केन्द्रित हुन पन निर्देशन दिएका छन्।
उहाँले प्रत्यक्षतर्फ १ सय २० र समानुपातिकमा ५० लाख भोट ल्याउने लक्ष्य राखेर काम गर्न भन्नुभयो,’ भट्टराईले भने।
यसअघि गत आइतबार ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा वि’घटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका थिए।
उक्त कदमविरूद्ध स’र्वोच्च अ’दालतमा ११ रि’ट दर्ता भएका छन्।