नारायणकाजीलाई हटाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता

काठमाडौं । नेकपा (ओली समूह)को प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् ।
बालुवाटारमा जारी ओली समूहको बैठकले प्रवक्तामा प्रदीप ज्ञवालीलाई चयन गरेको हो । बैठक अहिले पनि जारी छ ।
केन्द्रीय सदस्य कृष्ण राईका अनुसार पार्टी हितविपरीत काम गरेको भन्दै नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर ज्ञवालीलाई राखिएको हो ।