Logo

चर्चित मोडल शुभम चाम्लिङ राईको नयाँ म्युजिक भिडियो आयो (भिडियोसहित)


शन्तोष राई, काठमाण्डौ-चर्चित मोडल शुभम चाम्लिङ राईको नयाँ म्युजिक भिडियो आएको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘माया देउ…’ सार्वजनिक भएको हो ।

प्रकाश थापा मगरको शब्द रचना तथा सङ्गीत र मनोज साङ्सोन राईको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

धन खालिङको छायांकन र सम्पादन गरेको भिडियो स्टुडियो किङको च्यानलमार्फत सार्बजनिक गरिएको हो ।

राजु कार्कीको मिक्सिङ र मास्टरिङ गरेको भिडियोको ग्राफिक र पोष्टर जस्केलो क्रिएसनले तयार गरेको हो ।

कृष्ण भुसालले निर्देशन गरेको गीतको भिडियोमा सन् २०१५ मा मिस पूर्वेली सुपरमोडल विजेता बनेकी सुम्निमा खापुङ देखिएकी छिन् ।

भिडियोमा सुम्निमासँग शुभम् चाम्लिङ राईले अभिनय गरेका छन् ।

त्यसैगरी देवीनारायण लिम्बू, छोटी तामाङ, स्वेता श्रेष्ठ, फूर्वा तामाङ, निशान्त घतानी, कृषसेती मालालगायतलाई पनि देख्न सकिन्छ ।

बाकी भिडियोमा हेर्नुहोस:

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्