Logo

राष्ट्रियतामा ऐतिहासिक रुपमा सदृढ गरेको सुधारले नेताहरु आत्तिए: प्रधानमन्त्री केपी ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रियतामा ऐतिहासिक रुपमा सदृढ गरेको भन्दै त्यसबाट नेताहरु आ’त्तिएको बताएका छन् ।

देशवासीलाई गरेको सम्बोधनका क्रममा उनले आफ्नो तीनवर्षे कार्याकालमा धेरै सुधार गरेको र केही विषयमा फड्को मारेको दाबी गरेका छन् । ‘‘सरकारले राष्ट्रियतालाई सुदृढ गर्न महत्त्वपूर्ण काम गर्‍यो ।

सीमा स’मस्या समाधान गर्न वार्ताको प्रयास गरिरहेको छ, चीनसँग पारवहन सम्झौता कार्यान्वयनका प्रयास भइरहेका छन्,’’ ओलीले भने, ‘‘आजभन्दा चार वर्षअघिका परिदृष्यहरु याद गर्छु । थुप्रै प्रतिकूलताका बाबजुद नेपालले तीन वर्षमा धेरै प्रगति गरेको छ, कतिपय क्षेत्रमा फड्को मारेको छ ।’’

उनले शान्ति सुरक्षाको अवस्थामा सुधार गरेको र सुशासनमा पनि सुधार आएको भन्दै सबैभन्दा धेरै प्रश्न उठेको विषयलाई नै उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् । ‘‘पृथकतावादी प्रवृतिको अन्त्य गरिएको छ,’’ ओलीले प्रश्न गर्दै भनेका छन्, ‘‘सुशासनमा सुधार र शान्ति सुरक्षाको अवस्थामा आएको सुधारबाट पार्टीका नेताहरु खुसी हुनुपर्ने होइन र ?’’

उनले पार्तीका नेताहरु सरकारको कामबाट खुसी हुनुपर्नेमा पदको बार्गेनिङमा केन्द्रित भएको आ’रोप लगाएका छन् । ‘‘नेताहरु सधैं भागबन्डाका बार्गेनिङमा केन्द्रित भए, प्रतिपक्षले आफ्नो पोजिसन बनाउनका लागि काम गर्नु उसको धर्म हुन्थ्यो होला, तर, नेताहरुले प्रतिपक्षभन्दा पनि बढि आ’लोचनात्मक मात्र भएनन् । मेरा प्रयासलाई वि’फल बनाउन लागिरहे । त्यसैले नयाँ निर्वाचन मेरो छनोटमा पर्‍यो ।’’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्