संसद् पुनःस्थापना हुनुपर्छ त्यो नै लोकतन्त्रको विजय र संविधानको रक्षा हुन्छ: योगेश भट्टराई

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वि’घटन भएको संसद् अ’दालतबाट पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।
सोमबार मन्त्रालयमा आयोजित औपचारिक बिदाइ कार्यक्रममा भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका हुन् ।लोकतान्त्रिक प्रक्रियामा आ’घात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले उल्लेख गरे ।
उनले भने, ‘‘यदि, यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् भने विवेक पुर्याउँछन् । शतप्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु, संसद् पुनःस्थापना हुन्छ । मुलुकप्रति, संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद् पुनःस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको बताए ।
प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानुन र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतकि मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो, गर्नुभयो । दुःखी छौँ ।’’
भट्टराईको बिदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फूलगुच्छा र मायाको चिनो दिए । आइतबारको विकसित राजनीतिक घ’टनाक्रमसँग मन्त्री भट्टराईले आइतबारै आफ्नो राजीनामा घोषणा गरेका थिए ।