Logo

संसद् वि’घ’टन अ’नधी’कृत हो स्वत अ’मा’न्य हुन्छ : डीएलए


लोकतन्त्रवादी कानुन व्यवसायीको संस्था लोकतन्त्रवादी कानुन व्यवसायी संघ (डीएलए) ले प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले गरेको संसद् वि’घटन अ’नधिकृत भएको बताएको छ । डीएलएले विज्ञप्ति जारी गरी जनप्रनिधिमूलक संस्थाको अनधिकृत विघटन पहिलो दृष्टिमै अ’मान्य हुने बताएको छ ।

‘‘राजनीतिक स्थायित्व र देशको समृद्धिको पक्षमा जाहेर भएको प्रवल जनमतलाई अ’पमान गर्दै जनप्रतिनिधिमूलक संस्था प्रतिनिधिसभा वि’घटन गरिएको सिफारिस र निर्णयप्रति नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको ग’म्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको संविधानको धारा ७६(१), (७) र ८५ एवम् संसदीय प्रणालीको हवाला दिँदै प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रथम दृष्टिमै अनाधिकार, गैरसंवैधानिक र गैरसंसदीय समेत छ,’’ डीएलएले भनेको छ, ‘‘संविधानको धारा ७६ (७) र ८५ (१) ले एकपटक विश्वासको मत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा वि’घटन गर्ने गर्न सक्ने परिकल्पनासम्म नगरेको अवस्थामा सो धाराहरूको ग’लत उल्लेख नगर्दैमा गैरसंवैधानिक कार्य संविधानसम्मत हुँदैन, हुनसक्दैन ।

’’ डीएलएले संविधानतः संविधानको पालक र संरक्षक राष्ट्रपतिले संविधानको पालन र संरक्षण भन्दा निरन्तर अमुक दलको गुट विशेषको स्वार्थसिद्धिमा सहयोगी देखिनुलाई अवान्छनीय भनेको छ ।

‘‘देश र जनता कोरोना कहरले थिलथिलो भएको समयमा देशलाई अनावश्यक भार पर्ने गरी गैरसंवैधानिक रूपमा मध्यावधि निर्वाचनमा धकेल्ने असंवेदनशील कार्य संविधान माथिको जालसाजी मात्रै होइन सुखी नेपाली र समृद्ध नेपालको नारा दिएर देश र जनतालाई भ’ड्खालोमा पार्ने राजनीतिक बे’इमानीसमेत हो,’’ डीएलएले भनेको छ ।

डीएलएले असंवैधानिक, अनधिकृत र अधिनायकवादी कदम असफल पार्दै एकताबद्ध भई परिणाममुखी पहलका लागि सरोकारवालाई आह्‌वानसमेत गरेको छ ।

संसद् वि’घ’टन अ’नधी’कृत हो स्वतअ’मा’न्य हुन्छ

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्