Logo

बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक जारी,गृहमन्त्री अनुपस्थित


वि’घटित प्रतिनिधिसभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय सांसदहरुको भेला बालुवाटारमा चलिरहेको छ। भेलामा राष्ट्रिय सभाका सांसदहरु समेत सहभागी छन्।

पूर्व माओवादीका तर्फबाट लेखराज भट्ट र छक्कबहादुर लामा मात्र भेलामा सहभागी छन्। गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित छन्।

ओलीले बोलाएको भेलामा महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री इश्वर पोखरेल, नेता सुवास नेम्वाङ लगायत सहभागी छन्। गृहमन्त्री थापाले आफ्नो समूहसँग मन्त्री निवास पुल्चोकमा छलफल गरिरहेका छन्।

यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधव नेपाल पक्षका सांसदको भेला दिउसो १ बजेका लागि बोलाइएको छ। दहाल र नेपाल पक्षका सांसदलाई संसद भवनको ल्होत्से हलमा बोलाइएको छ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्