Logo

ओलीको पार्टी, राष्ट्र र जनता वि’रो’धी कदमले पार्टी एकतालाई कुनै अ’सर पर्दैन : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता वि’रोधी कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष दाहालले भनेका छन्, “म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता वि’रोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।

नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सं’घर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।”

विज्ञप्तिमा अध्यक्ष दाहालले पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका वि’रूद्ध एकताबद्ध भएर उभिन अपील समेत गरेका छन्।

उनले “राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।” भनेका छन्।

‘प्रचण्ड’ले ओलीले चालेको प्रतिनिधि सभा विघटनको असं’वैधानिक, अलो’कतान्त्रिक, नि’रंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले वि’रोध एवम् भ’त्र्सना गर्दै पूर्ण रुपमा अस्वी’कार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको का’रबाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको स्पष्ट पारेका छन्।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्